२०९औं भानु जयन्ती Bhanu Jayanti Celebration with Dr. Devi Nepal at Euro School Chhauni

नेपाली साहित्य  जगतका उज्जवल नक्षत्र डा. देवी नेपालकाे जन्म वि सं २०३० साल बैशाख १८ गते  झापा जिल्लाको गोल्धाप भन्ने ठाउँमा भएकाे थियाे । नेपाली साहित्यकाे छन्द विधाका धुरन्धर विद्वान नेपालले नेपाली साहित्यका विभिन्न विधाहरूमा सशक्त कलम चलाउनु भएको छ। प्राध्यापन पेसामा संलग्न कवि नेपालका कविता, निबन्ध, कथा, नाटक, समालोचनाका साथै विभिन्न बाल साहित्यहरू  समेत प्रकाशित छन् । हाल नेपाल प्रज्ञा प्रतिष्ठानकाे सदस्य समेत रहेका बहुमुखी प्रतिभाका धनी नेपालसँग हाम्रा विद्यार्थी भाइ बहिनीहरूले पनि साक्षात्कार गर्ने अवसर प्राप्त गर्नुभयाे ।

२०९औं भानु जयन्तीकाे पूर्व सन्ध्यामा  यही असार २१ गते कक्षा ६, ७ र ८ का विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा छन्द कविताको जानकारी गराउनुका साथै कविता लेखन प्रशिक्षण तथा वाचन समेत गरियो। उक्त कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूले छन्द तथा लयमा कविता लेखन र वाचन गर्ने आधारभूत सिप र ज्ञान हासिल गर्न सफल हुनुभयाे ।

     

 

 

Recent Post


  • Student Council Investiture 2080


  • Newly Appointed Leaders


  • Student Council Elections 2080

Have Any Question?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod

  • (+62)81 122 4341
  • contact@domain.com